कति छ आजको विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस २४ भदौ २०८१ ६:२७
4
SHARES
कति छ आजको विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज युरो, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घट्दा पाउन्ड, कुबती दिनारसहितका केही मुद्रा महँगिएका छन्। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने हिजोकै यथावत छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ।

विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २३ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५० पैसा थियो।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा थियो।राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो पनि साउदी रियालको मूल्य यही थियो।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो। आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। हिजो पनि यूएई दिराम यही मूल्यमा कारोबार भएको थियो।

आज मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा कायम भएको छ। हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो।आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ। हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: २४ भदौ २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =