पोखरा- सातौं मिस मगर नेपालको उपाधि कृष्टिना पुनमगरले जितेकी छन्। एसटी क्रियशन आयोजनामा पोखरामा भएको ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दी दग्नामकी कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले मस्ट चार्मिङको अवार्डसमेत हात पारिन्।
फर्स्ट र सेकण्ड रनर अप पनि म्याग्दीकै भए। म्याग्दीका आशिका गर्बुजामगर फर्स्ट रनरअप र सेकेन्ड रनरअप नरिशा पुनमगर घोषित भए। उनीहरूले क्रमशः जनही ५० र २५ हजार प्राप्त गरे। आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिपको उपाधि हात पार्दा नरिशाले फोटो जेनिक अवार्ड थापिन्।
थर्ड रनरअप महोत्तरीको गौशालाकी रश्मी आलेमगर भइन्। १५ हजार हात पारेकी विधागतमा मस्ट ट्यालेन्टेड र बेस्ट पर्सनालिटी पनि बनिन्।
भ्यूअर च्वाइसमा स्याङ्जाको वालिङकी माया दर्लामीमगर बनिन्। उनले मस्ट फ्रेन्ड्ली उपाधिसमेत चुमिन्।
टिम संयोजक प्रियंका गर्बुजामगरका अनुसार मोस्ट डिस्प्लिन जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट दिपीका आलेमगर भइन्।
मस्ट डेडिकेटेड अस्मिता बुढामगर, मस्ट पपुलर र क्रियटिभ सरिता थापामगर, इन्थुजियास्टिक जेरुशा पुनमगर बनिन्।
देशभरबाट छानिएका ११ प्रतिस्पर्धी ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।