राप्ती नदीमा बेपत्तामध्ये एक जनाको शव भेटियो

हिमाल प्रेस २३ भदौ २०८१ १९:४२
26
SHARES
राप्ती नदीमा बेपत्तामध्ये एक जनाको शव भेटियो प्रतीकात्मक तस्बिर।

चितवन- राप्ती नदीमा डुबेर बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ।

शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज (आइतबार) भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका-२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी छ।

भरतपुर महानगरपालिका-२७, जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए।

प्रकाशित: २३ भदौ २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =