कैलालीमा नदीमा डुबेर एक किशोरी बेपत्ता

हिमाल प्रेस २३ भदौ २०८१ १८:५४
12
SHARES
कैलालीमा नदीमा डुबेर एक किशोरी बेपत्ता प्रतीकात्मक तस्बिर।

कैलाली- कैलालीको खुटिया नदीमा डुबेर आज (आइतबार) एक किशोरी बेपत्ता भएकी छन्।

बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका-१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उनकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए।

प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो भने जेनिशा भने बेपत्ता छिन्। सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ भदौ २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =