कांग्रेसका सांसद धनबहादुर केसी जेल चलान

हिमाल प्रेस २३ भदौ २०८१ १६:०४
50
SHARES
कांग्रेसका सांसद धनबहादुर केसी जेल चलान

काठमाडौँ- नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीलाई कारागार चलान गरिएको छ। ३३ वर्ष पहिले कीर्ते मुद्दामा उनलाई अदालतले दोषी ठहर गरी सजाय तोकेको थियो। उनी फरार थिए। तर, आज आइतबार जिल्ला अदालत रुकुम पूर्वमा आत्मसमर्पण गरेका थिए।

३३ वर्ष पहिले उनलाई जिल्ला अदालत रुकुमले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा केसीले कीर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भएका थिए।

केसी रुकुम पूर्व निर्वाचन क्षेत्र १(१)बाट निर्वाचित भएका हुन्। २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो।

प्रकाशित: २३ भदौ २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast