राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

हिमाल प्रेस २३ भदौ २०८१ ९:४५
4
SHARES
राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी

चितवन- राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ। शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए। प्रहरी निरीक्षक केसीले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन।’

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उनले जानकारी दिए।

प्रकाशित: २३ भदौ २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twenty =