हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा

हिमाल प्रेस २३ भदौ २०८१ ८:२१
32
SHARES
हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल भएको बताएका छन्। काठमाडौँको जोरपाटीमा आयोजित क्षेत्रीय प्रशिक्षणमा बोल्दै थापाले सत्ता केन्द्रित होइन सिद्धान्त केन्द्रित नीति र आन्दोलनलाई केन्द्रमा राखेर राष्ट्रबादी शक्ति एक ठाउँमा आउनुपर्नेमा समेत जोड दिए।

थापाले नेपाली राजनीति ध्रुवीकृत हुँदै गरेकोले साम्यवादीरपुँजीवादी शक्तिहरूको विकल्पमा राष्ट्रवादी शक्तिहरु पनि एक हुनुपर्ने जरुरी भएको बताएका छन्। विगतका त्रुटिबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्नेमा जोड दिदै थापाले एकताको न्युनतम शर्त ‘सत्ता केन्द्रित होईन सिद्धान्तकेन्द्रित नीति र आन्दोलन’ हुनुपर्ने समेत स्पष्ट पारे।

उनले ०८४ साल अगावै भ्रष्ट शासकहरूबाट देशलाई मुक्त गर्नुपर्ने भएकोले आन्दोलनको तयारी गर्नुपर्ने आबश्यकता औल्याएका छन्। स्थानीय तहको उपनिर्बाचन हुने भएकोले अहिलेदेखी तयारीमा जुट्न थापाले निर्देशन समेत दिए।

मुलुकमा सर्वसत्तावादी अभ्यास गर्ने प्रयास भइरहेको भन्दै थापाले भ्रष्टाचार र कुशासनलाई छोप्न अनेक तानाबाना बुनिन थालिएको भन्दै त्यसको प्रतिबाद गर्नुपर्ने समेत उनको धारणा थियो। कार्यक्रममा पार्टीका नेताहरु डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला, धिरज भण्डारी ,उज्वल पोखरेल लगायतले बोलेका थिए।

प्रकाशित: २३ भदौ २०८१ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =