फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

हिमाल प्रेस २३ भदौ २०८१ ८:१८
10
SHARES
फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध प्रदर्शन फ्रान्सको राजधानी पेरिसमा शनिबार फ्रान्सेली गणतन्त्रको प्रतीक मारियानको सालिकमुनि प्रदर्शन गर्दै वामपन्थी दल समर्थकहरू। तस्बिर : एपी/रासस

काठमाडौँ– फ्रान्समा नवनियुक्त प्रधानमन्त्री मिसेल बार्नियरविरुद्ध सडकमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले मिसेल प्रधानमन्त्री नियुक्त भएको विरोधमा सडकमा उत्रिएको बीबीसीले जनाएको छ।

फ्रान्समा केही दिनअघि चुनाव भएको थियो। चुनावमा दक्षिणपन्थी दललाई हराउनका लागि वामपन्थी दलले गठबन्धन बनाएका थिए। दक्षिणपन्थी पार्टी बलियो भए पनि चुनावी नतिजा वामपन्थीका पक्षमा आएको थियो। यद्यपि राष्ट्रपति इम्यानुएल म्याक्रोंले दक्षिणपन्थी नेता बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि जनता विरोधमा उत्रिएको समाचारमा जनाइएको छ।

शनिबार बार्नियरका नियुक्तिको विरोधमा करिब लाखभन्दा बढी जनताले सडकमा प्रदर्शन गरेका थिए। विरोधको नेतृत्व ट्रेड युनियन र एनपीएले गरेको छ। फ्रान्सको आन्तरिक मन्त्रालयले देशभरमा गरी एक लाख १० हजार नागरिक प्रदर्शनमा सहभागी थिए। राजधानी पेरिसमा मात्र २६ हजारले प्रदर्शन गरेका छन्।

विपक्षीले भने प्रदर्शनमा ३ लाखभन्दा बढी सहभागी भएको दाबी गरेको छ। कट्टरपन्थी अनबोड पार्टीका नेता फायरब्रान्ड जिनलुक मेलेनचोनले प्रदर्शनलाई देशव्यापी बनाउन आह्वान गरेका छन्।  प्रधानमन्त्रीमा आफ्ना उम्मेदवार लुसी कास्टेट्सलाई राष्ट्रपति म्याक्रोंले अस्वीकार गरेकोमा वामपन्थी दलहरू आक्रोशित भएका हुन्।

प्रकाशित: २३ भदौ २०८१ ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =