कर्णाली राजमार्ग अवरुद्ध

हिमाल प्रेस २३ भदौ २०८१ ७:४६
14
SHARES
कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला- कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ। गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन्।

प्रकाशित: २३ भदौ २०८१ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =