एकीकृत समाजवादीका प्रदेश तथा जिल्ला तहका पदाधिकारी एमालेमा प्रवेश

हिमाल प्रेस २२ भदौ २०८१ २१:०५
22
SHARES
एकीकृत समाजवादीका प्रदेश तथा जिल्ला तहका पदाधिकारी एमालेमा प्रवेश

पोखरा- नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। एमाले कास्की कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मा उनीहरु पार्टी प्रवेश गरेका हुन्।

एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीका अनुसार उनीहरुलाई एमाले गण्डकी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङ, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरु चूडामणि जंगली, राजीव पहारी, भीम कार्की, कास्की इन्चार्ज कृष्ण थापालगायतले अबिर लगाएर स्वागत गरेका हुन् ।

यसरी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सचिवालय सदस्य भरतबहादुर बस्नेत, शोभाखर दाहाल, कास्की जिल्ला कमिटी सदस्य तुलसी दाहाल, उमा थापा, भरत देवकोटा लगायत १ सय ५५ जना छन्।

यसैबीच, एमालेले पार्टीका तर्फबाट हालै गण्डकी प्रदेश सरकारबाट मन्त्री बनेका ४ जना मन्त्रीहरुलाई बधाई तथा स्वागत गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जीसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई पार्टीले स्वागत गरेको हो।

प्रकाशित: २२ भदौ २०८१ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =