कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने : भ्रष्टाचार गर्ने नेताको रेकर्ड राख्नुस्

हिमाल प्रेस २२ भदौ २०८१ १४:२८
10
SHARES
कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने : भ्रष्टाचार गर्ने नेताको रेकर्ड राख्नुस्

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्। १२ औं निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूलसमारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा नलाग्न आग्रह गरे।

‘तपाईंहरू कतै प्रयोग नहुनुस्, भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन्। भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस्। भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस्।’

ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई गर्न नदिने भनाइ यहाँ पनि दोहोर्‍याए। ‘म चुनौती दिएर भन्छु, म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ,’ उनले भने, ‘ नेपाललाई हरेक हिषाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटान नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिइ सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताए।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरूको सुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाए।

प्रकाशित: २२ भदौ २०८१ १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =