काठमाडौँमा पाकिस्तानको सहिद दिवस मनाइयो

हिमाल प्रेस २२ भदौ २०८१ १४:१०
10
SHARES
काठमाडौँमा पाकिस्तानको सहिद दिवस मनाइयो

काठमाडौँ- काठमाडौँमा शुक्रबार साँझ पाकिस्तानको रक्षा तथा सहिद दिवस मनाइएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उच्चस्तरीय नेपाली सैनिक तथा निजामती अधिकारीहरु, राजदूतहरु, पूर्वप्रधानसेनापतिहरु, शिक्षाविद्हरु, कूटनीतिक नियोगका सदस्यहरु, रक्षा सहचारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू, सञ्चारकर्मीहरु र पाकिस्तानी समुदायका सदस्यहरुसहित सेवानिवृत्त वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थिति रहेको पाकिस्तानी दूतावासले जनाएको छ।

समारोहमा प्रधानसेनापति सिग्देलले नेपाल र पाकिस्तानबीच आर्थिक, व्यावसायिक, शिक्षा, प्राविधिक सहयोगका साथै सैन्यलगायतका बहुपक्षीय द्विपक्षीय सम्बन्ध रहेको बताए।

राजदूत अबरा एच हास्मीले मातृभूमिको रक्षाका साथै शान्ति र स्थिरता सुनिश्चित गर्न आफ्नो जीवन आहूति दिने सशस्त्र सेना, विभिन्न संघसंस्था र पाकिस्तानी नागरिकहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरे।

दूतावासका रक्षा सहचारी कर्नल मुहम्मद अली अल्वीले रक्षा र विश्वशान्तिका लागि पाकिस्तानी सशस्त्र बलको भूमिकामाथि प्रकाश पारेका थिए।

प्रकाशित: २२ भदौ २०८१ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast