ग्लोबल आइएमई बैंकमा खाता खोल्दा फाइदा

हिमाल प्रेस २२ भदौ २०८१ १४:००
36
SHARES
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा फाइदा

काठमाडौँ- ग्लोबल आइएमई बैंकले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित ५ वटा थप सुविधा उपलब्ध हुने योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो सेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा सेयर बजारमा सेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन्।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ। डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ। बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ।

प्रकाशित: २२ भदौ २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =