वीरगञ्जमा गणेश चतुर्थी महोत्सव

हिमाल प्रेस २२ भदौ २०८१ १२:४१
4
SHARES
वीरगञ्जमा गणेश चतुर्थी महोत्सव

पर्सा- वीरगञ्जमा गणेशको पूजा आराधानासहित गणेश चतुर्थी महोत्सव सुरु भएको छ। भाद्र शुक्ल चतुर्थीदेखि भाद्रशुक्ल अष्टमीसम्म गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी महोत्सव मनाइँदैछ।

जय गणेश झन्कार मण्डल परिवारका उपाध्यक्ष राकेशकुमार साहले शनिबारदेखि बुधबारसम्म भगवान गणेशको पूजाआराधाना गरेर गणेश चतुर्थी मनाउन लागेको बताए। ‘आज विशेष पूजाआराधाना गरेर भगवान् गणेशको जन्मदिनको सुरुवात गर्दैछौँ’, उनले भने, ‘हामीले भगवान गणेशको असाध्यै प्रिय प्रसाद एक सय ५१ किलोग्राम लड्डुसहित पूजाआराधाना गर्दैछौँ । यहाँ हजारौँ भक्तजनहरुको उपस्थिति रहने अपेक्षा रहेको छ।’

वीरगञ्ज महानगरपालिका–१० मा अवस्थित घडीअर्वा पोखरीसँगै रहेको रामजनकी मन्दिरको प्राङ्गणभित्र गणेश भगवान्को प्रतिमा तयार पारेर पूजा आराधाना गरिदैँछ। उपाध्यक्ष साहले मण्डलले २८औँ पटक गणेश चतुर्थी महोत्सव गर्न लागेको जानकारी दिए।

उनका अनुसार शनिबारदेखि बुधबारसम्मको अवधिमा भजन–किर्तन, अखण्ड ज्योति, छप्पन भोग प्रसाद र लडुमहाप्रसाद वितरण लगायतका गतिविधि गरिनेछ। ‘मुलुकमा शान्ति र समृद्धिको कामना र जनताको सुवास्थ्यको कामना गर्दै मनाइँदैछ’, उनले भने।

मण्डलका संस्थापक सदस्य मदनप्रसाद कानु सम्पूर्ण मानव जातिको रक्षा र सुख समृद्धिको कामना गर्दै गणेश चतुर्थी मनाइने बताए। ‘आजदेखि गणेश चतुर्थी महोसत्व सुरु भएर पाँचौँ दिनमा विर्सजन हुने गर्छ’, उनले भने।

प्रकाशित: २२ भदौ २०८१ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =