खुल्यो पृथ्वी राजमार्ग

हिमाल प्रेस २२ भदौ २०८१ १०:२३
10
SHARES
खुल्यो पृथ्वी राजमार्ग

काठमाडौँ- पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा शनिबार बिहान साढे ७ बजे पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

सडक विभागसँगको समन्वयमा करिब १ घण्टामै पहिरो पन्छाइएसँगै सडक सहज भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज दाहालले जानकारी दिए।

यसअघि शुक्रबार बिहान पनि उक्त सडकखण्ड अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो दुई घण्टामै हटाइएको थियो।

प्रकाशित: २२ भदौ २०८१ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =