‘संघीयतामा प्रशासन व्यवस्था’ विषयक अन्तरसंवाद

हिमाल प्रेस २२ भदौ २०८१ ८:५९
6
SHARES
‘संघीयतामा प्रशासन व्यवस्था’ विषयक अन्तरसंवाद

काठमाडौँ- एक्काइसौँ निजामती सेवा दिवस मूल समारोह समितिको आयोजना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग र ब्युरो ८१ नेपालको समन्वयमा ‘संघीयतामा प्रशासन व्यवस्था’ शीर्षकमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

ब्युरो ८१ नेपालका अध्यक्ष यादव खनालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पूर्व परराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल तथा विशेष अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले आआफ्नो मन्तव्य राखेका थिए।

विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुख लगायत सेवा निवृत्त तथा सेवारत गरी करिब ८० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन ब्यूरो ८१ नेपालका सचिव राममणि दुवाडीबाट भएको थियो भने अध्यक्ष यादव खनालको समापन मन्तव्यबाट कार्यक्रम समापन गरिएको थियो।

प्रकाशित: २२ भदौ २०८१ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =