सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २२ भदौ २०८१ ८:४७
4
SHARES
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन- सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ। हाल पहिरो हटाउने काम भइरहेको उनले बताए।

प्रकाशित: २२ भदौ २०८१ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =