पाेखरा- पाेखरामा आयाेजित लामाचाैर कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ। शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेकाे छ। उपविजेता डायमण्डले १ लाख प्राप्त गरेकाे छ।
पहिलाे र दाेस्राे सेट आफ्नाे पारेकाे एपीएफले तेस्राे सेट भने गुमाएको थियाे। पहिलाे सेट २५-२३, दाेस्राे सेट २५-२३ सेटमा जितेकाे हाे।
तेस्राे सेट डायमण्डले २५-१३ मा जिते पनि चाैथाे सेटमा अथक प्रयासबीच पनि बराबरी खेल्न सकेन। चाैथाे सेट एपीएफले २५-१० मा जितेकाे हाे। डायमण्ड लामाचाैर कपकाे सुरूवाती संस्करणतिर सर्वाधिक सफल टिम भए पनि पछिल्लोपटक विभागीयकाे वर्चस्व रहँदै आएकाे छ। डायमण्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएकाे थियाे।
महिलामा एभरेस्ट भलिबल संघ तेस्राे भएकोमा गण्डकी पुछारमा रह्याे। महिलामा गत वर्ष नेपाल पुलिसले डायमण्डलाई हराएको थियाे।