सौर्य एयरलाइन्स दुर्घटनामा छानबिन समितिले देखायो तीन कारण

हिमाल प्रेस २१ भदौ २०८१ १७:०५
22
SHARES
सौर्य एयरलाइन्स दुर्घटनामा छानबिन समितिले देखायो तीन कारण

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको गत असारमा भएको दुर्घटनाको छानबिन समितिले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको छ। गत साउन ९ गते भएको विमान दुर्घटना विमानको तौल र गति नमिलेकाले भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

दुर्घटनास्थलको निरीक्षण, विमानको मूल्याङ्कन र सौर्य एयरलाइन्सका ग्राउन्ड कर्मचारीहरूसँगको अन्तर्वार्ताबाट अपरेटरले आफ्नो सञ्चालन नियमावलीमा तोकिएको अनुसार नगरेको पनि खुलेको छ। फ्लाइट प्लानमा उल्लेख गरिएको र फ्लाइट डाटा रेकर्डरमा रेकर्ड गरिएको भी–स्पीड क्विक रेफरेन्स ह्यान्डबुक (क्यूआरएच) सँग मेल नखाएको पनि प्रतिवेदनमा भनिएको छ।

‘अध्ययनबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमतिका लागि प्रक्रियाको पूर्ण पालना नगरेको पाइयो’प्रतिवेदनमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सी–चेकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको सीआरजे २०० विमान उड्नेबित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनीषरत्न शाक्यमात्रै बाँचे।

सरकारले दुर्घटनालगत्तै रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको सदस्यमा दीपुराज ज्वारचन, सञ्जय अधिकारी र डा. सुदीप भट्टराई सदस्य छन् भने सदस्य सचिवमा मुकेश डंगोल छन्।

प्रतिवेदनमा दुर्घटनाका तीन कारण उल्लेख छ 

पहिलो कारण – जहाज तौलको मापदण्ड पालना भएन 

दोस्रो कारण – जहाज उडानका लागि आवश्यक गति पुगेन 

तेस्रो कारण – ‘फेरि फ्लाइट’ लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने प्रक्रियामा कमजोरी गर्‍यो।

प्रकाशित: २१ भदौ २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =