दुर्घटनामा बालकसहित दुईको मृत्यु

हिमाल प्रेस २१ भदौ २०८१ १६:४४
8
SHARES
दुर्घटनामा बालकसहित दुईको मृत्यु

बनियानी (झापा)- झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।

यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एकजनाको आज मृत्यु भएको हो। मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए

बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१०प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना५ख ९१२२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए।

घाइते उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो। प्रहरीले ट्रक र ट्रकचालक अर्जुनधारा–६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। हिजो बेलुका कनकाई–५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बालकलाई ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २१ भदौ २०८१ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =