कांग्रेसको अपांगता समन्वय विभागमा १० सदस्य मनोनयन

हिमाल प्रेस २१ भदौ २०८१ १२:२४
कांग्रेसको अपांगता समन्वय विभागमा १० सदस्य मनोनयन कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको नेपाली कांग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा १० जनालाई सदस्यमा मनोनयन गरेका छन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौँ), उदयबहादुर लिम्बू (धनकुटा), उपेन्द्र खडायत (कञ्चनपुर) लाई सदस्यमा मनोनयन गरेका हुन्।

त्यसैगरी लोचन भट्टराई (नुवाकोट),नरविर राउत (जुम्ला),देवा डाँगी (दाङ),सूचि कुमाल गोरखा, जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मालाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रकाशित: २१ भदौ २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =