काठमाडौँ- कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९००औं गोल पुरा गरेको खेमला पोचुगलले क्रोएसियाविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ। बिहीबार लिस्बोनस्थित डा लुज रंगशालामा युइएफए नेसन्स लिगअन्तर्गतको खेलमा डिययो डालोटको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो।
रोनाल्डोले ३४औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। यो रोनाल्डोको १३१ औं अन्तर्राष्ट्रिय तथा ९००औं करियर गोल थियो। यससँगै रोनाल्डो ९०० गोल पूरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन्।
डालोटबाट ४१औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा क्रोएसियाले खेलमा फर्किने संकेत दिएको थियो। तर त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल २-१ ले विजयी भयो। सुखद सुरुआत गरेको पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ। यही समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३-२ ले पराजित गर्यो।
यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्पेन सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ।