चिलीविरुद्ध अर्जेन्टिनाको सहज जित

हिमाल प्रेस २१ भदौ २०८१ १२:१९
10
SHARES
चिलीविरुद्ध अर्जेन्टिनाको सहज जित

काठमाडौँ- फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार साबिक विजेता अर्जेन्टिनाले चिलीविरुद्ध ३-० को सहज जित निकालेको छ। जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ।

मास मोनुमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे। तीनै गोल दोस्रो हाफमा भएको थियो।

खेलको ४८औं मिनेटमा एलिस्टरको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। उनले अल्भारेजको पासलाई सदुपयोग गरे। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले टोलीको अग्रता दोब्बर बनाए। उनले जियोभानी लो सोल्सोको पासलाई पोस्टको दिशा दिए।

इन्जुरी समयमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको पासलाई जाली चुमाउँदै डिबालाले अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए।

प्रकाशित: २१ भदौ २०८१ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =