छ देशका लागि काउन्सेलर श्रम र श्रम सहचारीको दरखास्त आह्वान

हिमाल प्रेस २१ भदौ २०८१ १३:४०
16
SHARES
छ देशका लागि काउन्सेलर श्रम र श्रम सहचारीको दरखास्त आह्वान

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको मुख्य रोजगारदाता छवटा देशका लागि नयाँ काउन्सेलर श्रम र श्रम सहचारी नियुक्ति दरखास्त आह्वान गरेको छ।

श्रम मन्त्रालयले कतार, मलेसियाका लागि काउन्सेलर र नेपाली राजदूतावास अबुधाबी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली राजदूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारीको माग गरेको हो।

काउन्सेलर श्रम र श्रम सहचारीमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहत कार्यालय, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषमा कम्तिमा एक वर्ष काम गरेको कर्मचारीले आवेदन दिन पाउँछन्।

मन्त्रालय मातहत काजमा आएका कर्मचारीले आवेदन दिन पाउनेछन् भने मन्त्रालयलमा दरबन्दी भई एक वर्षअघि काजमा गएका कर्मचारीले भने आवेदन दिन नपाउने व्यवस्था छ।

नयाँ काउन्सिलर श्रम र श्रम सहचारीले अंग्रेजी भाषामा आईएलटीएस टेष्टमा ओभरअलमा ६ प्वाइन्ट, टोफल, पीबीटी, सीबीटीमध्ये कुनै परीक्षामा कम्तीमा ५१.७९ हासिल गरेको वा पीटीई परीक्षामा कम्तीमा ५१ अंक ल्याएको हुनुपर्ने व्यवस्था छ।

छनोट हुन ज्येष्ठता र अनुभवका लागि १५ अंक, अंग्रेजी भाषा ज्ञानका लागि १० अंक, व्यावसायिक कार्य योजना र प्रस्तुतीकरणका लागि १० अंक र सचिवको मूल्यांकनबापत ५ अंक गरी ४० पूर्णाङ्कको परीक्षामा बढी अंक प्राप्त हुन्छ। आवेदकलाई सचिवले ५ अंक दिने व्यवस्था छ।

प्रकाशित: २१ भदौ २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =