तीज महिला जागरणको सन्देश फैलाउने चाड : सभामुख घिमिरे

हिमाल प्रेस २१ भदौ २०८१ ९:१०
8
SHARES
तीज महिला जागरणको सन्देश फैलाउने चाड : सभामुख घिमिरे सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरे ले आज जारी गरेकाे शुभकामना सन्देशमा हिन्दू महिलाले महादेवको पूजा आराधनागरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन्।

‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो। तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ’, सन्देशमा भनिएको छ,‘लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो।’

सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताए।

प्रकाशित: २१ भदौ २०८१ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =