माैसम : यी ठाउँमा वर्षा

हिमाल प्रेस २१ भदौ २०८१ ७:१८
12
SHARES
माैसम : यी ठाउँमा वर्षा

काठमाडौँ- जल तथा माैसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेकाे जनाएकाे छ। विभागका अनुसार हाल काठमाडाैँ उपत्यकासहित देशभर आंशिकदेखि साधारणतया बदली छ। काेशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने, पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।

काेशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: २१ भदौ २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =