अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन

हिमाल प्रेस २० भदौ २०८१ १९:२५
10
SHARES
अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्।

अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिएका हुन्।

‘विद्युत् उत्पादन गर्ने समय एक दिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुने गरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ,’ उनले भने।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रकाशित: २० भदौ २०८१ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast