निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : मुख्यसचिव अर्याल

हिमाल प्रेस २० भदौ २०८१ १९:०६
14
SHARES
निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : मुख्यसचिव अर्याल

काठमाडौँ- नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवा ऐन जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको बताएका छन्।

एक्काइसौँ निजामती सेवा दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज (बिहीबार) आयोजित ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन एवं संघीयतामा प्रशासन व्यवस्थापन’ विषयक अन्तरक्रियामा मुख्यसचिव अर्यालले पछिल्लो समय निजामती क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि पनि जतिसक्दो चाँडो निजामती ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘कर्मचारीको वृत्ति विकास, कर्मचारी वा निजामती क्षेत्रका धैरै विषयलाई सम्बोधन गर्ने गरी निजामती सेवा ऐन ल्याउने तयारी भइरहेको छ, जनतालाई सुविधा हुने र प्रत्यक्ष परिणाम आउने गरी काम गर्न सबै निजामती कर्मचारीलाई अनुरोध गर्दछु,’ उनले भने।

निजामती सेवा विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । प्रशासनिक क्षेत्रमा सुधारका सम्भावना हुँदाहुँदै पनि कतिपय काम गर्न नसकिएको स्वीकार गर्दै मुख्यसचिव अर्यालले भने, ‘केही गर्न नसकेको यथार्थ हो, तर यसको मतलब निजामती कर्मचारीले केही पनि गरेकै छैनन् भन्ने होइन।’

ऐन ल्याएपछि कर्मचारी समायोजन लगायतका समस्या पनि समाधान हुने उनको भनाइ छ। प्रशासनिक संघीयता नहुँदा सेवा प्रवाहमा धेरै नै असर परेको मुख्यसचिव अर्यालको  बुझाइ छ।

प्रकाशित: २० भदौ २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =