बालविकास शिक्षामा सरकारकाे ध्यान पुगेन, विद्यालय कर्मचारीलाई अन्याय भयाे : गगन थापा

हिमाल प्रेस २० भदौ २०८१ १७:०४
2.9k
SHARES
बालविकास शिक्षामा सरकारकाे ध्यान पुगेन, विद्यालय कर्मचारीलाई अन्याय भयाे : गगन थापा

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन कुमार थापाले सामुदायिक विद्यालयका कर्मचारी अन्यायमा परेकाे बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बुधबारकाे बैठकमा विद्यालय शिक्षा विधेयक-२०८०  माथि बाेल्दै सांसद थापाले विद्यालय कर्मचारीलाई संघीय सरकारकाे जिम्मेवारीमा राख्नुपर्ने बताए। विद्यालय शिक्षा विधेयकमाथि थापाले पनि संशाेधन हालेका छन्।

समिति बैठकमा उनले भने,‘विद्यालय कर्मचारी अन्यायमा परेका छन्। जसलाई हामीले अन्यायमा पारेका छौं। विद्यालय कर्मचारीलाई संघीय सरकारको जिम्मेवारीमा राख्नुपर्छ। मातहतमा राख्नुपर्छ।’

त्यसैगरी थापाले प्रारम्भिक बालविकास शिक्षामा लगानी नपुगेको बताए। उनले प्रारम्भिक बालविकास शिक्षामा ध्यान नपुगेको बताउँदै गुणस्तरीय शिक्षाका लागि  शिक्षक तथा कर्मचारीकाे सेवासुविधा बढाउनुपर्ने बताए।

सांसद थापाले भने,‘शिक्षक कर्मचारीकाे सेवासुविधामा खुलेर कुरा गरौं। सेवासुविधा दिऔं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =