शरीर बन्धक बनाएर यातना दिएको आराेपमा चारजना पक्राउ

हिमाल प्रेस २० भदौ २०८१ १५:४९
6
SHARES
शरीर बन्धक बनाएर यातना दिएको आराेपमा चारजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- क्लब एवं हाउस पार्टीको नाममा युवायुवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडाैँबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका- १ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका- ३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौँ ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका- ११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौँ स्वयम्भु बस्ने चितवन भरतपुर महानगरपालिका- २९ घर भएका २२ वर्षीय साजन गुरुङ रहेका छन्।

उनीहरूले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवायुवतीहरूलाई विभिन्न प्रलोभनमा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बूढानीलकण्ठ नगरपालिका- १ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा शारीरिक यातना दिने गरेकाे प्रहरीकाे दाबी छ।

चारै जना बूढानीलकण्ठ नगरपालिका- १ बाट पक्राउ परेका हुन्। साथै, प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोलसमेत बरामद गरेकाे छ।

प्रकाशित: २० भदौ २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =