अग्नि सापकोटा भन्छन् : राष्ट्रियताको सवालमा कसैको हैकम मान्नेवाला छैनौँ

हिमाल प्रेस २० भदौ २०८१ १५:१७
10
SHARES
अग्नि सापकोटा भन्छन् : राष्ट्रियताको सवालमा कसैको हैकम मान्नेवाला छैनौँ माओवादी नेता अग्नि सापकोटा

काठमाडौँ- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताएका हुन्।

विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ थियो।

‘सबैलाई विशेष रुपमा नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रुपमा के अपिल गर्दछु भने अब हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकतावद्ध भएर नेपाल नेपालीहरूको हो,’ उनले भने, ‘नेपाल नेपालीहरूले चलाउनुपर्छ। हामी कसैको हैकम मान्नेवाला छैनौँ। हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ।’

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए।

‘जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरू बनाउन कोशिस गरिएको छ। प्रियतावादीहरुको रुझान बढ्दै गइरहेको छ। यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ,’ सापकोटाले भने।

प्रकाशित: २० भदौ २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =