सहकारीको उजुरी दर्ता गर्न काठमाडौँ महानगरको आग्रह

हिमाल प्रेस २० भदौ २०८१ १४:१२
14
SHARES
सहकारीको उजुरी दर्ता गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई आग्रह गरेको छ। महानगरपालिकाले पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताकाे गुनासो दिनानु बढ्दै गएपछि वडामै गुनासो दर्ता गर्न भनेको हो।

महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था छ। सोही नियमको उप नियम (३) मा संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका वखत व्याजसहित तुरुन्त फिर्ता दिनु पर्नेछ भन्ने व्यवस्था छ।

‘यसै सम्बन्धमा बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताकाे गुनासो दिनानु दिन बढ्दै गएकाले तहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरूबाट वचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो देहायका कागजात सहित दर्ता गरी यसैसाथ संलग्न ढाँचाको पत्र संस्थालाई जारी गरीदिनु हुन अनुरोध छ,’सूचनामा उल्लेख छ।

प्रकाशित: २० भदौ २०८१ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =