काठमाडौँ- सुनको मूल्य चार दिनयता स्थिर छ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २० भदौ २०८१ १२:०५
प्रतिक्रिया