शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति वा समन्वय समिति गठन हुने

हिमाल प्रेस २० भदौ २०८१ १२:२२
800
SHARES
शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति वा समन्वय समिति गठन हुने शिक्षा समिति सभापति अम्मरबहादुर थापा। तस्बिर : रासस

काठमाडाैँ- प्रतिनिधिसभाकाे शिक्षा समितिमा छलफलकै क्रममा रहेकाे विद्यालय शिक्षा विधेयक-२०८० लाई व्यवस्थित गर्न उपसमिति वा समन्वय समिति गठन हुने भएको छ।

सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति वा समन्वय समिति गठन हुने बताएका हुन्।

सभापति थापाकाे भनाइमा उपसमिति गठनपछि विधेयक अझ व्यवस्थित हुनेछ।

सभापति थापाले असल शिक्षक, गुणस्तरीय शिक्षाका लागि समितिले प्रस्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाइने बताए। उक्त उपसमिति वा समन्वय समिति आगामी बैठकबाट गठन हुनेछ।

‘असल शिक्षक, गुणस्तरीय शिक्षाका लागि केके मोडेलमा जान सकिने हो ? हामी पनि प्रस्ताव गरौँ,’ थापाले भने,‘सरकारको धाराण यसमा संलग्न गरौँ। यसका लागि उपसमिति वा समन्वय समिति बनाएर पनि अघि बढौँ कि भन्ने हाे।’

उक्त विषयमा शिक्षामन्त्री विद्या भट्टराईसँग पनि छलफल गरेको सभापति थापाले बताए। समिति सबै दलको प्रतिनिधित्व हुने गरी बनाइने पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =