त्रिविले माग्याे ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन

हिमाल प्रेस २० भदौ २०८१ १०:५२
54
SHARES
त्रिविले माग्याे ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन फाइल तस्बिर

काठमाडाैँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई आवेदन आह्वान गरिएको हो।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि तह पूरा गर्नेविद्यार्थीले मात्र फाराम  भर्नुपर्ने छ।

भदौ २० गतेदेखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =