कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस २० भदौ २०८१ ८:४९
10
SHARES
कति छ आज तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। थोरै तरकारीको मात्रै मूल्य केही थपघट भएको समितिले जनाएको छ। कालीमाटीमा आज सबैभन्दा महँगो तरकारी सिताके च्याउको मूल्य प्रतिकिलो ९७६ रुपैयाँ हुँदा सबैभन्दा सस्तो सेतो मुलाको मूल्य २५ रुपैयाँ छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २८, रातो आलु ६९, सुकेको भारतीय प्याज १२७, लोकल गाँजर १०५, बन्दा ६५, स्थानीय काउली ११५, ज्यापु काउली १३५, लाम्चो भन्टा ३४, डल्ले भन्टा ४५, तने बोडी १०८, राजमा १४८, करेला ७५, लौका ५५, परबल ५५, घिरौँला ६५, फर्सी ४५, भिन्डी ३०, स्कुस २७, रायोको साग १२५, कन्य च्याउ १७६, डल्ले च्याउ ४५३, कुरिलो ४२६, ब्रोकाउली १६६ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, रातो आलु ७०, सुकेको भारतीय प्याज १२२, लोकल गाँजर ९५, बन्दा ६५, स्थानीय काउली ११०, ज्यापु काउली १४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ८५, राजमा १५०, करेला ७५, लौका ५५, परबल ५५, घिरौँला ६५, फर्सी ४५, भिन्डी ३०, स्कुस ३०, रायोको साग १६३, कन्य च्याउ १६३, कुरिलो ४२६, ब्रोकाउली १९० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २० भदौ २०८१ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =