मौसम विभाग भन्छ : कोशी, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुन्छ

हिमाल प्रेस २० भदौ २०८१ ६:२०
16
SHARES
मौसम विभाग भन्छ : कोशी, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुन्छ फाइल तस्बिर।

काठमाडौँ- देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

प्रकाशित: २० भदौ २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =