अछाममा जिप दुर्घटना, आठ जना घाइते

हिमाल प्रेस १९ भदौ २०८१ १९:२२
10
SHARES
अछाममा जिप दुर्घटना, आठ जना घाइते

अछाम-  अछामको साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

जिपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए। त्यसमध्ये आठ घाइते भएका छन्।

घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८ वर्षीया प्रति साउद, साँफेबगर नगरपालिका–४ बस्ने १७ वर्षीया पुजा सुनार रहेका छन्।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए। चालकलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १९ भदौ २०८१ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =