पलेशालाई काठमाडौँ महानगरले गर्‍यो पाँच लाख रकमसहित सम्मान

हिमाल प्रेस १९ भदौ २०८१ १८:१०
22
SHARES
पलेशालाई काठमाडौँ महानगरले गर्‍यो पाँच लाख रकमसहित सम्मान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ।

पारा ओलम्पिक महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज ९बुधबार० आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डंगोलले पलेशालाई पाँच लाखको चेक हस्तान्तरण गरे।

पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के-४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन्। उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अंकले पराजित गरेकी थिइन्। ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो।

प्रकाशित: १९ भदौ २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =