काठमाडौँ– फ्रान्सको पेरिसमा हालै सम्पन्न प्यारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेसा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ।
गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टकंलाल घिसिङ, खेलाडीलगायत विमानस्थल पुगेका थिए।
विमानस्थलमा स्वागतपछि टोलीलाई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणसम्म परिक्रमा गराइएको थियो।
पेरिसस्थित ग्रान्ड प्यालेसमा गत शुक्रबार भएको खेलमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी थिइन्।
प्रकाशित: १९ भदौ २०८१ १५:१३
प्रतिक्रिया