दयाहाङ र सिर्जनाको ‘कार्साङ’ पुस २६ मा प्रदर्शन

हिमाल प्रेस १९ भदौ २०८१ १२:५२
8
SHARES
दयाहाङ र सिर्जनाको ‘कार्साङ’ पुस २६ मा प्रदर्शन

काठमाडौँ- दयाहाङ राई र सिर्जना निङ्लेखु मुख्य भूमिकामा रहेकाे फिल्म अभिनीत फिल्म ‘कार्साङ’ पुस २६ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक यम शेर्पाले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखुसहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायत कलाकारको अभिनय छ। मुख्य कलाकार सिर्जनाले यही फिल्मबाट डेब्यु गरेकी हुन्।

फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको छ। यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी छ।

प्रकाशित: १९ भदौ २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =