‘आज सार्वजनिक बिदा’ भन्दै झुटो सूचना बनाएको आशंकामा एक जना नियन्त्रणमा

हिमाल प्रेस १९ भदौ २०८१ १२:४८
20
SHARES
‘आज सार्वजनिक बिदा’ भन्दै झुटो सूचना बनाएको आशंकामा एक जना नियन्त्रणमा प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- ‘आज सार्वजनिक बिदा’ भन्दै गृह मन्त्रालयको फेक सूचना बनाएको आशंकामा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। गृह मन्‍त्रालयको पुरानो सूचनालाई भदौ १९ गते (बुधबार) को सूचना बनाएर सार्वजनिक गरेको आशं‌कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

गृह मन्त्रालयले यसबारेमा साइबर ब्युरोलाई पत्राचार गरेसँगै जिल्ला प्रहरी कार्यालय चितवनलाई सम्पर्क गरिएको थियो। कार्यालयले ती व्यक्तिलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उनले नै उक्त सूचना बनाएर प्रकाशन गरिएको हो वा होइन भन्नेबारे साइबर ब्युरोसँग समन्वय गरी पुष्टि गर्न खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

ती युवकले नै नक्कली सूचना सम्प्रेषण गरेको पाइए उनलाई सार्वजनिक गर्ने उनले बताए। ‘साइबर ब्युरोले ती युवकलाई होल्ड गर्नु भनेपछि हामीले ल्याएका छौं। उनी नै हो वा अरू कोही हो भनेर हामीले ब्युरोसँग भेरिफाइ गर्दैछौं,’ उनले भने, ‘पुष्टि भएसँगै हामी सार्वजनिक गर्छौं।’

प्रकाशित: १९ भदौ २०८१ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =