‘पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट

हिमाल प्रेस १९ भदौ २०८१ ११:२५
22
SHARES
‘पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले सार्वजनिक गरेको सूचीअनुसार फिल्म ‘अ विन्डो अन एसियन फिल्म’ विधामा छनोट भएको हो।

गत साता इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म बुसानमा एसिया प्रिमियर हुन लागेको हो।

फिल्ममा सांसदको छोरासहित दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजीको कथा प्रस्तुत गरिएको छ। सोसल ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा आशा मगराती मुख्य भूमिकामा छिन्।

साथै फिल्ममा पूर्वमिस नेपाल निकिता चाण्डक, कलाकार दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठको अभिनय छ। बुसान फिल्म फेस्टिभल को २९ औं संस्करण दक्षिण कोरियाको बुसान सहरमा आगामी अक्टोबर २ देखि ११ सम्म हुँदैछ।

प्रकाशित: १९ भदौ २०८१ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =