संखुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस १८ भदौ २०८१ २०:४९
10
SHARES
संखुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

संखुवासभा- यहाँको चैनपुर नगरपालिका–२, चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्र्याक्टर दुर्घटनामा परी चैनपुर-२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा आज दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो।

प्रकाशित: १८ भदौ २०८१ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =