झरनामा नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा दुई जनाको मृत्यु

हिमाल प्रेस १८ भदौ २०८१ २०:४५
20
SHARES
झरनामा नुहाउने क्रममा खोलाले बगाएर अर्घाखाँचीमा दुई जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

अर्घाखाँची- अर्घाखाँचीको सिमलपानीमा झरनामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।

शीतगंगा नगरपालिका-१४ ढावामा छहरे खोलाबाट बगेको झरनामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका-२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए।

आज (मंगलबार) दिउँसो झरनामा नुहाउने क्रममा बगेका दुवै जनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए।

प्रकाशित: १८ भदौ २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =