संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

हिमाल प्रेस १८ भदौ २०८१ १६:४४
24
SHARES
संसदीय छानबिन विशेष समितिको म्याद  १५ दिन थपियो प्रतिनिधिसभा।

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो। प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए। उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए।

समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको उनले सदनलाई जानकारी गराए।

प्रकाशित: १८ भदौ २०८१ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =