मोदीको माग : प्रचण्डलाई जनक भनौँ, नोबल पुरस्कारको प्रस्ताव गरौँ

हिमाल प्रेस १८ भदौ २०८१ १५:५२
14
SHARES
मोदीको माग : प्रचण्डलाई जनक भनौँ, नोबल पुरस्कारको प्रस्ताव गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनक भनिनुपर्ने माग गरेका छन्। आज मंगलबारको प्रतिनिधिसभा बैठकमा मोदीले शान्तिका लागि अथक प्रयास गरेकाले नोबेल पुरस्कार उपलब्ध गराइनुपर्ने बताएका हुन्।

‘जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड लोकतन्त्र, नागरिक र समावेशी समानुपातिकको पक्षमा लड्नुभयो। आन्दोलनको नेतृत्वकर्ता भएका कारणले रामजस्तै उहाँलाई जनक भनिनुपर्छ,’ उनले भने, ‘शान्तिका लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र दिनुपर्छ भन्ने माग राख्दछु।’

उनले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल नपुर्‍याउन पनि आग्रह गरे। उनले विभिन्न कालखण्डमा भएका घटनालाई हिंसा भन्ने भनि प्रश्न सोधे। उनले राम र रावणको युद्ध हिंसा हो भनि प्रश्न गरे। ‘रामायणमा राम र रावणको युद्ध भयो। रावणको मृत्यु भयो। लंका जल्यो। राम र रावणको युद्ध नभएर हिंसा हो त ?,’ उनले प्रश्न गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम र रावणको युद्धलाई हिंसा भनेर रामको मूर्ति बालुवाटारबाट चितवन किन पुर्‍याउनुभयो भनि सोधे। उनले नेपालको एकीकरणमा कीर्तिपुर कब्जा गर्दा हत्या हो कि भन्ने निर्क्योल गर्नुपर्ने समेत बताए।

प्रकाशित: १८ भदौ २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =