कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने

हिमाल प्रेस १८ भदौ २०८१ १३:०५
10
SHARES
कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि अनुबन्ध गरेको हो। सम्झौता रकम भने गोप्य राखिएको छ।

अञ्जिलाले पहिलोपटक एसिया बाहिर खेल्न लागेकी हुन्। अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छन्। ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ। दुई वर्षदेखि लगातार प्रयासमा थिए। अहिले त्यो पूरा हुने भएको छ। लिग खेल्न उत्साहित छु।’

विभागीय टोली एपीएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि  युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन्। इजरायली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन्।

निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौं स्थानमा थियो। यसअघि अञ्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन्। उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बिताइन्। अञ्जिला दुवै टोलीको कप्तान थिइन्।

प्रकाशित: १८ भदौ २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =