टानमा सत्ता गठबन्धनका उम्मेदवार पराजित, माओवादी निकट सागर पाण्डे निर्वाचित

हिमाल प्रेस १८ भदौ २०८१ ८:५३
18
SHARES
टानमा सत्ता गठबन्धनका उम्मेदवार पराजित, माओवादी निकट सागर पाण्डे निर्वाचित

काठमाडौँ- ट्रेकिङ एजेन्सिज एसोसियसन अफ् नेपाल (टान) अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सागर पाण्डे निर्वाचित भएका छन्। पर्यटन व्यवसायी पाण्डेले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्।

टानको ४६ औं साधारण सभा सोमबारबाट सुरू भएको हो। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट खेमाले पाण्डेलाई सघाएको थियो। पाण्डे निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको भन्दै प्रतिक्रिया जनाएका छन्।

‘शुभ प्रभात! बिहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक मिहिनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु!,’ अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्।

प्रकाशित: १८ भदौ २०८१ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =