सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हिमाल प्रेस १८ भदौ २०८१ ७:२१
12
SHARES
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ। ‘यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो,’ अधिकारीले भने, ‘यो सानो खाले भूकम्प हो।’

गोरखा भूकम्पपछि हजारौँ परकम्प गइसकेका छन्।

प्रकाशित: १८ भदौ २०८१ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =